काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र तिहारका बेला प्लास्टिकका फूल बेच्न नपाइने जनाएको छ ।
महानगर प्रहरीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
तिहार र छठमा घर, पसल सजाउन प्रयोग हुने प्लास्टिकका विभिन्न फूल, माला तथा सजावटका सामान किनबेच नगर्न महानगर प्रहरीले अनुरोध गरेको छ ।
महानगर प्रहरीले आफ्नो फेसबुक पेजमा जारी गरेको सार्वजनिक सूचनामा , ‘काठमाडौं महानगरपालिका यस्ता प्लास्टिकजन्य सजावटको सामान बिक्री-वितरण गरेको पाइएमा जफत गरिनेछ ।’ उल्लेख गरिएको छ ।