
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि यहाँ निरन्तर भूकम्प गइरहेको छ ।