काठमाडौं । नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न सचेत गराएको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै प्रयोग नगर्न सचेत गराएको छ ।
विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले प्रयोग नगर्न अनुरोध समेत गरेको छ ।
विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार गरेको कानुनबमोजिम कारबाही गरिने प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।