
काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
पाण्डेले दिएको राजीनामा नेपाली सेनाको मुख्यालयले शुक्रबार स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको जनाइएको छ ।

जन्ममिति किर्ते विषयमा छानबिन सुरु भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए।