
काठमाडौं । सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरहामा युवाहरूले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् ।
सिरहाको मिर्चैयामा युवा अभियन्ताहरुले मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका हुन् । उनीहरूले सरकारलाई निर्णयबाट पछाडि नहट्न आग्रह गरेका छन् ।

आज बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले टिकटक लाई नेपालमा तत्कालको लागी प्रतिबन्ध लगाएको हो । टिकटकले सामाजिक सद्भाव खल्ल पुर्याएको सरकारको ठहर छ ।