जनकपुरधाम । जनकपुरधामबाट जयनगरको लागि आज बिहान छुटेको रेलले किचेर एक जनाको मृत्यु भएको छ ।
रेलमा कटेर भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित रेल्वे लिकमा उनलाई ट्रेनले किचेको धनुषा प्रहरीले जनाएको छ ।