२०८१ श्रावण ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नसक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद् यात्राको योग छ । प्रभावकारी बोलीले कार्य सफल हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।