
काठमाडौँ । महिला टी—२० क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेपालले हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपाली टोली नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा हङ्ककङ यात्रामा निस्किएको हो । शृङ्खलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ ।

यसअघि बुधवार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो ।