काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २७ पैसा र बिक्री दर १६४ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।