
काठमाडौँ । लोक सेवा आयोगले विभिन्न पदमा कर्मचारीको लागी आवेदन माग गरेको छ।
आयोगले एक सूचना जारी गर्दै राजपत्राङ्कित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो।
आयोगका अनुसार योग्यता पुगेका उमेदवारहरुले मंसिर १९ गतेसम्म अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सकिने छ ।