
काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुदैँछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता स्वागत नेपाल र जगन्नाथ दुलाल लगायतले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।

मन्त्रीपरिषदको बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि मंसिर १ गते सर्वोच्चमा परेका सबै रिटलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।