
काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना भएको छ ।
चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउलामा दुर्घटना हुदा २२ जना घाइते भएका छ्न ।

जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । घाइतेको उद्दार कार्य भैरहेको प्रहरीले जनाएको छ ।