
धनुषाकाे धनुषाधाम नगरपालिका ९ बाट आएकाे बस कन्यामबाट फर्कंने क्रममा आइतबार ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो । दुर्घटनामा परी एक बालक सहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा ३२ जना घाइते भएका छन । प्रहरीले बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई नियन्त्रणमा लिएको छ ।