
काठमाडौँ । आज सुनको मूल्य बढेको छ । तोलामा २०० रुपैयाँले बढेर एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।