काठमाडौं । दुर्गा प्रसाईंलाई बन्धक बनाएको भन्दै सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पुगेको छ।
सरकारले प्रसाईंको घरमा बाक्लो मात्रामा प्रहरीहरु परिचालन गरि उनलाई घरबाट बा नदिएपछि सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पुगेको हो ।
नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित गरेको जिकिरसहित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन । आइतबार सुनुवाई हुने छ ।