काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ ।
विश्वविद्यालयले त्रिवि अन्तर्गत का क्याम्पसलाई एक–अर्कामा समायोजन हुन चाहने निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो । सो सुचनामा पछी ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो ।
विद्यार्थी संख्या कम हुने र आर्थिक अवस्था कमजोर हुने क्याम्पसहरू गाभिएका छन्, दुईवटा गाभिँदा एउटा क्याम्पस स्वतः खारेज हुन्छ । हाल ३२ वटा क्याम्पस गाभिएर १६ वटा बनेपछि १६ वटा क्याम्पस खारेज भएको त्रिवि योजना निर्देशनालयका निर्देशक ध्रुव गौतमले बताए ।