काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको दोस्रो पटकको रिहाइ सूचीमा पनि नेपाली विद्यार्थी विपिन जोशी परेका छैनन् ।
जोशीको रिहाईको लागी कूटनीतिक पहल भइरहेको र अन्तर्राष्ट्रिय संघ-संस्थाको सहयोगमा छिटै रिहा हुने विश्वास व्यक्त गरेको इजरायस्थित नेपाली दूतावासले जनाएको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको क्रममा जोशी लाई बन्धक बनाएको थियो । युद्ध विश्रामको दोस्रो दिन हमासले १३ इजरायली र ४ थाई नागरिक रिहा गरेको हो ।