२०८१ श्रावण ११ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । माल्टामा आकर्षक रोजगारीमा पठाई दिन्छु भन्दै रकम लिएर फरार रहेको आरोपमा प्रहरीले एक जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाको बन्गासकाली-१ स्थायी घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएकी ३० वर्षीया मायादेवी राना रहेको प्रहरीले जनाएको छ ।

रानाले मासिक एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुने भन्दै जान ८ लाख रुपैयाँ लाग्ने भनेर पैसा उठाएकी थिइन् सोही आरोपको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

रानालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।