२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । प्रहरीले अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा ७ जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भई काठमाडौंमा बस्दै आएका २४ वर्षका मिथलेश कुमार मण्डल, २४ वर्षका मुरारी साह, २४ वर्षका आर्यन साह,  २४ वर्षका अनिशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २३ वर्षका शिवम कुमार यादव, २४ वर्षका हरिशंकर चेधरी रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं तथा ललितपुरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

Vivo Y28
Daraz

उनीहरुले विभिन्न व्यक्तिहरू अवैध क्रिप्टोकरेन्सी (Bitcoin, cash app)मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, ओरियन स्टार जस्ता खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमध्ये अधिकांश सूचना प्रविधि पढ्दै गरेका विद्यार्थी हुन् ।

उनीहरू काठमाडौंका विभिन्न क्याम्पसमा पढ्दै आएका थिए । प्रहरीले पक्राउ परेका साथ बाट १५ थान मोबाइल र चार थान ल्यापटप बरामद गरेको छ । पक्राउ परेका ७ जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।