काठमाडौँ । आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुन एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेर एक हजार ५ सयमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।