काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
१५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।
यस अघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उप प्रधान एवं गृहमन्त्री रबि लामिछाने दोषी देखिएको भन्दै छानबिन समितिको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए ।