काठमाडौँ । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ ।
नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जी.सी र अभिनाश बोहरा छन्।
प्रिमियर कप अप्रिल १२ देखि अप्रिल २१ सम्म ओमानमा हुनेछ ।