डोल्पा । डोल्पामा डढेलोमा घाइते भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १० वर्षीय सुलस बुढा रहेको प्रहरीले जनाएको छ ।
गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन । उनीहरूलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्याइएको थियो ।
हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा अखण्ड उपाध्यायले बताए । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए ।