काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गर्नुभयो ।
ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन ।