काठमाडौँ । आज सुनको मूल्य बढेको छ । तोलामा २ हजार ४ सय रुपैयाँले बढेर १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।