काठमाडौँ । एसिसि प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा दिपेन्द्र सिंह ऐरीले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन् ।
दिपेन्द्रले टिम र प्रशिक्षकले आफुलाई सपोर्ट गरिरहेकै कारणले आफुले राम्रो खेलिरहेको बताएका छन् ।
दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए ।