काठमाडौं । आज सुनको मुल्य घटेको छ ।
आज छापावाल सुन तोलामा २२०० ले घटेर १ लाख ३६ हजार ८ सयमा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मुल्य पनि ५० रुपैयाँले घटेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।