२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बारामा लागू औषध सहित एक जना पक्राउ परेका छन्  ।
पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नं.०३ गम्हरीया बस्ने अन्दाजी २० वर्षीय अनिल बैठा रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जितपुरसिमरा उप-महानगरपालिका वडा नं. १ पथलैया चोक स्थित मौलापुरबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र.०३-००१ ख २७०१ नं. को यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा प्रहरीले बैठालाई पक्राउ गरेको हो ।

Vivo Y28
Daraz

उनको साथबाट डाईजापाम-१ सय २ पाता २ हजार ५ सय ५० पिस,नाईट्राभेट ३ सय ११ पाता ४ हजार ६ सय ६५ पिस र नोरफिन ५० पाता १ हजार २ सय ५० पिस लागु औषध प्रहरीले बरामद गरेको छ ।

ट्याबलेट सहित युवकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।