काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ । आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० मा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।