काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० मा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।