काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलमैदान निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्य, सव इन्जिनियर मोति प्रसाद बुढा, उपभोक्ता समिती दुनैका अध्यक्ष अभिषेक शाही, सचिव अपरा गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
ठूलीभेरी नगरपालिका वडा नं ३ दुनैमा कभर्डहल तथा खेलमैदान निर्माणका क्रममा फिल्डमा भएको काम भन्दा ९ लाख ९३ हजार ९४० बढी बिल भरपाई गराई भुक्तानी गरेको अख्तियारको ठहर छ ।