काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकाले क्यानसरको निःशुल्क परीक्षण गर्ने भएको छ ।
सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख ३१ गते सम्म शिविर सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन हुने भएको हो ।
पहिलो दिन आज वडा नं ३१ भीमसेनगोलामा परीक्षण सुरु हुदै छ । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।