काठमाडौँ । एसीसी प्रिमियर कपको आज भएको सेमिफाइनलमा युएईसँग नेपाल पराजित भएको छ ।
यो हार संगै २०२५ मा हुने टी-२० एशिया कप खेल्ने नेपालको सपना समाप्त भएको छ ।
सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको थियो । यो जितपछि युएई प्रिमियर कपको फाइनलमा पुगेको छ ।