काठमाडौँ । कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी अप्रिल २३ र २४ मा नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्नेछन् । उनले प्रधानमन्त्री संग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेकोे छ ।