काठमाडौं । प्रहरीले जुवा खेलिरहेका १३ जनालाई ललितपुरको ग्वार्को बाट पक्राउ गरेको छ ।
ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक नरेशराज सुवेदीले बताए ।