काठमाडौं । काठमाडौंमा कक्षा १२ को परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाही पक्राउ परेका हुन ।
नागार्जुन नगरपालिका-३ ठूलो भर्याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शाहीले घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर परिक्षा हलमा प्रवेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।