काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ।
आज बेलायती पाउन्ड एकको खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम रहेकी छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।