२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

हेटौंडा । बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएको छ ।

बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ गुरुम्फी खोलामा ढुङ्गाको चेपमा एक पुरुषको लास भेटिएको हो । उक्त लास दोलखा जिल्ला जिरी नगरपालिका–९ घर भई हाल दोलखा गौरीशंकर गाउँपालिका–५ सुम्ना स्थित छोरीको घरमा बस्दै आएका अन्दाजी ६५ वर्षीय रत्न बहादुर सुनुवार रहेको प्रहरीले जनाएको छ । उनी बिहानै देखि घरबाट निस्की हिडेको भन्ने बुझिएको र स्थानीयले माछा मार्ने क्रममा फेला पारेको प्रहरीले जनाएको छ ।

Vivo Y28
Daraz

त्यसैगरी, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानी स्थित रोक्का टोल बस्ने ३९ वर्षीय सन्दिप रोक्का घर देखि करिव ५०० मिटर पर टलक बहादुर सार्कीको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ पेलदानखर्क स्थित भिरमा एक लास फेला परेको जनाएको छ । हाल नाम थर वतन नखुलेको, मागी खाई हिड्ने हेर्दा तराई मुलुकको जस्तो देखिने अन्दाजी ३५ वर्षीय एक पुरुषको शव फेला पारेको प्रहरीले जनाएको छ । उत्त लास जाँच प्रकृति पश्चात पोष्ठमार्टमको लागि जिल्ला स्थित धुन्चे अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।