२०८१ श्रावण १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

जनकपुर । जनकपुरमा दिउँसै पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटिएको छ। शुभ बचत तथा ऋण सहकारी संस्था धनुषाधामका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेर लगिएको रकम लुटिएको हो ।

हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको जनकपुरधाम उप–महानगरपालिका १९ थुमौना पोखरीको डिलमा महतोलाई पेस्तोल देखाएर लुटिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा जाँदै गरेको समयमा तीन जनाको समूहले पेस्तोल देखाएको थियो । घटना बारेमा जिल्ला प्रहरी कार्यालय धनुषले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।