२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही सियार गाउँपालिका-७ घर भएका २८ वर्षीय समिर सुना र सोही ठाउँका २९ वर्षीय मिलन विक रहेका छन्।उनीहरूलाई काठमाडौं महानगरपालिका-५ मालिगाउँ क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Vivo Y28
Daraz

उनीहरूको साथबाट प्रहरीले ९८ लाख रुपैयाँ स्रोत नखुलेको नगद बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
बा१३ च ४८५८ नम्बरको इको स्पोर्ट गाडीमा सवार उनीहरूको साथबाट नगद बरामद भएको रेग्मीले बताए।

दुबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।