२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रकरण सदनमा उठाएका हुन । उनले नेपाल अमेरिकाबीचको परराष्ट्र नीतिमा कुनैपनि देशको आन्तरिक विषयमा हस्तक्षेप गर्ने कुरालाई स्वीकार नगर्ने नीतिमै समावेश भएनि उच्च अदालतले निर्दोष सावित गरेको र आइसीसीले समेत स्वीकृति दिएको व्यक्तिलाई अमेरिकाले भिसा नदिएकोमा रोष पोखे ।

विश्वमा क्रिकेट र फुटवललाई सबैले रुचाउने र यी खेलका माध्यमबाट देशको नाम उँचो हुनेमा जोड दिएका उनले क्रिकेटमा बलिया टोलीका खेलाडीलाई समेत पछि पारेका सन्दीपलाई नेपालले दोस्रो पटक विश्वकप खेल्दै गर्दा भिसाका कारण रोक लगाउनु उचित नभएको तर्क गरे ।

उनले भने, ‘नेपाललाई संसारभर यदी कसैले चिनाउँछन् भने कि कलाकारले कि खेलाडीले । नेताले होइन । सन्दीपलाई भिसा नदिनु सिङ्गो देशमाथि अमेरिकाले गरेको अपमान हो ।’ सन्दीप भिसा प्रकरणमा आक्रोशित देखिएका उनले परराष्ट्र नीतिमाथि नै प्रश्न उठाएका हुन् ।
‘सभामुखमार्फत परराष्ट्रमन्त्रीलाई सोध्न चाहान्छु हामीले पञ्चशिलको आधारमा परराष्ट्र नीति बनाएको होकि पार्टीको कार्यकर्ताको मेनिफेस्टोको आधारमा परराष्ट्र नीति बनाएको <’ उनको प्रश्न थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।