२०८१ जेष्ठ ३० | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो ।
पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै २ सय ४० सिटमा जित हासिल गरेको छ । तर, यो निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याउन भने सकेन । निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको प्रष्ट देखाएको छ ।
यस्तै, एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ । काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले ८ सिट, तेलेगु देशमले, १६ सिट, राष्ट्रिय जनता दल, युवराजन श्रमिका रिथु कांग्रेस र कम्युनिष्ट पार्टी अफ इन्डियाले समान ४–४ सिटमा जित हासलि गरेका छन्।
वनारसबाट चुनाव जितेका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत साथ तेस्रो पटक प्रधानमन्त्रीको पद सुरक्षित गरेका छन् । मोदीले सन् २०१४ देखि २०१९ सम्म पहिलो र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । यो निर्वाचनले मोदीलाई जवाहरलाल नेहरुपछि भारतामा तीन कार्यकाल प्रधानमन्त्री चलाउने दोस्रो नेताको रुपमा स्थापित गरेको छ । त्यसको सुनिश्चितता भाजपाका अध्यक्ष जेपी नड्डाले यो निर्वाचनमा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका भन्दै थपे, ‘नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ।’
कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाल्दा उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा ६४ सिट जितेको भाजपाले ०२४ को चुनावमा २१ सिट गुमाएको छ । अहिले भाजपाले त्यहाँ ३३ सिट ल्याउँदा समाजवादी पार्टीले यहाँ ३७ सिटमा जित निकालेको छ ।
सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।