२०८१ श्रावण ११ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न समुह बि अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको १५६ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

यो जितपछि स्कटल्याण्डको २ खेलमा ३ अंक भएको छ । पहिलो खेलमा इङल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएपछि एक अंक पाएको स्कटल्याण्ड समुह बि मा २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पहिलो खेलमा ओमानलाई हराएको नामिबियाको यो हारपछि २ खेलमा २ अंक भएको छ ।

अब स्कटल्याण्डले अर्को खेल जुन ९ मा ओमानविरुद्ध खेल्ने छ भने त्यस्तै नामिबियाले जुन १२ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।
         

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।