२०८१ श्रावण ११ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयको कार्यसूची अनुसार अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची छ । १६ जेठमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । पाण्डे यसअघि ०८० वैशाख १४ मा पनि मुख्यमन्त्री बनेका थिए । यो उनको दोश्रो कार्यकाल हो । तत्कालीन सत्ता गठबन्धनमा हेरफेर आएपछि पाण्डेले गएको २१ फागुनमा राजीनामा दिएका थिए ।

उनीपछि बर्तमान केन्द्रीय सत्ता गठबन्धनबाट एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भए । तर संविधानबमोजिम प्रदेशसभामा बहुमत पु¥याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । त्यसको विरोधमा पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदातलले १४ जेठमा मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरेको थियो भने अदालतले संविधानको धारा १६८ (३) बमोजिमको सरकार गठनका लागि आदेश गरेको थियो । सोही आदेशबमोजिम पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्न थप ४ सांसदको समर्थन जुटाउनुपर्छ । गण्डकीमा एमाले र माओवादीबाहेक नेपाल समाजवादी पार्टीका १, राप्रपाका २ र स्वतन्त्र सांसद् दिपक मनाङे छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।