२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । ललितपुरमा भएको दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा बुधबार बेरोजगार र रोजगारदाताको भीड लागेको छ । रोजगारदाता र कामदारहरूको सम्पर्क स्थापित गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशस्तरीय रोजगार मेला आयोजना गरेको हो । मेलाको मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेकी थिइन् ।

पाटन बहुमुखी क्याम्पसमा भएको मेलामा जागिर खोज्ने र दिनेहरुको भीड लागेको छ । मेलामा सरकारी र निजी गरी ८० भन्दा बढी क्षेत्रका रोजगार कक्ष राखिएका छन् । सातै प्रदेशमा सञ्चालन भएको मेला यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमत्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

Vivo Y28
Daraz

यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा मेला गरिएको हो । ६ प्रदेशमा सम्पन्न भएपछि मेला ललितपुरमा सम्पन्न भएको छ । मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।