२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गरेका छन् । सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाए । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गरे ।

त्यसअघि संसद् देखावटी मात्र भएको बताएका उनले मन्त्रीहरुले सांसदले मागेको प्रश्नको जवाफ नदिने गरेकोप्रति चित्त दुखाए । ‘यहाँ छलफल भैरहेको छ, स्वास्थ्य मन्त्रीज्यु हुनुहुन्न । म प्रश्न गर्न चाहन्छु । स्वास्थ्यमन्त्री मलाई चाहिन्छ । नत्र म यही उभिरहन्छु’ अमरेशले भने । त्यसपछि सभामुख देवराज घिमिरेले एकछिन रोस्टममै रोकिन सिंहलाई आग्रह गरे ।

Vivo Y28
Daraz

‘माननीयजी एकछिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ । यही कतै हुनुहुन्छ । उहाँ नआउन्जेल माननीयजीहरू एकछिन धैर्यतासाथ रहनुहोला’,सभामुख घिमिरेले मुस्कुराउँदै भने । ४० सेकेण्ड बढी अमरेश रोष्टममा नै मौन बसेका थिए । स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरेसँगै सभामुखले भने,‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस् ।’
त्यसपछि छलफललाई अगाडि बढाएका सांसद सिंहले मधेश प्रदेशमा रेफरल अस्पताल नबनाएकोमा मन्त्री यादवलाई प्रश्न गरे । ‘के कारणले मधेशमा रेफरल अस्पताल छैन ?’

उनले मधेशमा काजमा परेका एमबीबीएस डाक्टरहरु काठमाडौंमा नै बसिरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘हरेक प्रदेशमा मेडिकल कलेज बनेका छन । सरकारले मधेश प्रदेशमा मेडिकल कलेज कहिले बनाउने ? मधेश प्रदेशलाई बजेटमा जहिले पनि उपेक्षित किन गरिन्छ ?’ उनले प्रश्न गरे । यस्तै, छलफलको क्रममा सांसद सिंहले अर्थ मन्त्रालय नेपालीको नभइ विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाएका छन् ।

‘मैंले २०७० सालमा पनि भनेको थिएँ, अर्थमन्त्रालय विदेशीको एजेण्ड मन्त्रालय बन्यो, जनताको प्रतिनिधि मन्त्रालय होइन । नेपाली जनताको मन भावनासँग गाइडेड भएको छैन,’ सिंहले भने । सांसद सिंहले नेताले जनता ठग्नेबाहेक केही काम नगरेको भन्दै नैतिकताको खडेरी परेको चर्चा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।