२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत्यु भएको हो ।

गाउँपालिकाको वडा नं. २, खेजेनिममा रहेको सो घरमा गाउँपालिका उपाध्यक्ष विकास साम्रा भने बस्थेनन् । वडाध्यक्ष भुपेन्द्र चौलागाईले पहिरोमा परेर चार जनाको मृत्यु भएको पुष्टि गरे । ‘पहिरोले उपाध्यक्षज्यूको घर बगाएको छ । बुवाआमा र बहिनीहरुको ज्यान गएको छ,’ उनले भने, ‘ढुंगा माटोको दुई तले घर पुरै बगाएको छ । हामी खोज तथा उद्धारको काम गरिरहेका छौँ ।’

Vivo Y28
Daraz

वडाध्यक्ष चौंलागाईका अनुसार उपाध्यक्ष लिम्बू भने गाउँकै अर्को घरमा बस्दै आएका थिए । पहिरोले घरमा रहेका करिब ५० वटा बाख्रा र कुखुरा लगायत चौपाया पनि बगाएको छ ।
वडाध्यक्ष चौंलागाईका अनुसार बाढीका कारण फक्ताङलुङ गाउँपालिकामा बुधबार पनि दर्जनौँ पुलहरु बगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।