२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन् । आफूलाई चिनियाँ नागरिक बताउने  ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो ।

उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

Vivo Y28
Daraz

आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट  नियन्त्रणमा लिएको हो। उनको साथबाट ९९९.९ किलो सुन ६ थान (आधिकारिक रुपमा तौल र परीक्षण बाँकी),४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको  छ।

गुरूङ अवैध सुन भन्सार चोरी पठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। बरामद सुन र गुरूङ बारे सीआईवीले थपअनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।