२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए ।

‘उहाँले आधा घण्टा अगाडि मात्रै आफैंलाई गोली हानी शौचालयमा आत्महत्या गर्नुभएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ’, धमलाले भने । उनका अनुसार गोले संसद् भवनमा बिहान ड्युटी गरिरहेका थिए र सोही क्रममा आफैंले बोकेको पेस्तोल आफूमाथि प्रहार गरी सुट गरेका थिए ।

Vivo Y28
Daraz

जवानले किन आत्महत्या गरे भन्ने विवरण खुल्न बाँकी रहेको छ । मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।