२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, मुख्य सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ, पर्यटन मन्त्री हित बहादुर तामाङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Vivo Y28
Daraz

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रुपमा राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए । यस्तै, उनले विभिन्न उच्च स्तरीय भेटवार्ता पनि गरे ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट त्यसतर्फ गएका थिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो औपचारिक विदेश भ्रमण भए पनि संघीय संसदलाई भ्रमणबारे पौडेलले जानकारी नगराएकोमा भने सांसदहरुले नै विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।